रुपन्देहीका प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले प्रहरी चौकी दुगौलिया, रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक खिम बहादुर खड्काविरुद्ध भ्रष्टाचार मुुद्दा दर्ता गरेको छ ।
दुर्गौलिया नाका हुँदै भन्सार छली अवैध रुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरी सेवाग्राहीसँग घुस मागेको आरोपमा आयोगले खड्कामाथि मुुद्दा दायर गरेको हो । खड्कालाई सेवाग्राहीबाट तीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीमाथि बिगो तीस हजार रुपैयाँकायम गरी सजायको माग गरेको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया