NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १६ गते

वाईफाई नेपालको नयाँ सय एमबिपिएसको इन्टरनेट योजना सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नो सेवा दायरा थप विस्तार गदै सय एमबिपिएसको फाइबर इन्टरनेट सेवा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

अहिलेसम्म ५० र ८०  Mbps को इन्टरनेट सेवा प्रदान गदै ७० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको वाईफाई नेपालले अब बढ्दो डिजिटल आवश्यकतालाई ध्यानमा राखी डु अल ब्यान्ड राउटरसहितको १०० एमबिपिएस इन्टरनेट प्याकेज ल्याएको हो ।

उक्त इन्टरनेट प्याकेज घरपरिवार र साना व्यवसायहरूका लागि विशेष रूपमा डिजाइन गरिएको छ। यो योजना ग्राहकहरुले २४ महिनाको लागि मात्र १५ हजार ७०७ रुपैयाँ र १२ महिनाको लागि ९ हजार ४६९ रुपैयाँमा लिन सक्ने कम्पनीले जनाएको छ ।

यो मूल्यमा भ्याटसमेत समावेश गरिएको र अन्य कुुनै अतिरिक्त शुुल्क नलाग्ने कम्पनीले उल्लेख गरेको छ । यसले गर्दा ग्राहकले उचित मूल्यमा सेवा पाउनसक्ने कम्पनीको विश्वास छ ।

वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले वाईफाई नेपालको लक्ष्य सधै सबै नेपालीहरूलाई छिटो र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने रहेको बताए ।

‘आज हामी १००एमबिपिएस सेवा सार्वजनिक गर्न सफल भएका छौं। हामी हाम्रो समाजको बढ्दो डिजिटल आवश्यकता बुझ्दछौं र सबैले वहन गर्न सक्ने मूल्यमा उच्च गुणस्तरीय फाइबर इन्टरनेट उपलब्ध गराएर त्यो खाँचो पूरा गर्न पाएकोमा गर्व महसुस गछौं।’ उनले भने,‘ वाईफाई नेपालले आफ्ना उद्देश्यलाई कायम राख्दै, गुणस्तर भरपर्दाे इन्टरनेटकाे माध्यमबाट नेपाली व्यक्ति र साना व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको छ। कम्पनीले सेवा विश्वसनीयता र ग्राहक सन्तुष्टिको नयाँ स्तर निर्धारण गदै अगाडि बहढरहेको छ।