NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २१ गते

डिभी लोटरीको नतिजा सार्वजनिक

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स व्युरोले अनलाइनमार्फत नतिजा सार्वजनिक गरेको हो ।

डिभीका लागि गत अक्टुबर २ देखि नोभेम्बर ७ सम्म आवेदन माग गरिएको थियो ।

नतिजा अमेरिकी विदेश मन्त्रालयको वेबसाइटबाट थाहा पाउन सकिनेछ । त्यसका लागि जन्ममिति, कन्फरमेसन नम्बरलगायत विवरण भर्नुपर्नेछ ।

डिभी विजेताले सन् २०२५ को अक्टुबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् । भिसा सन् २०२६ को सेप्टेम्बर ३० भित्र प्राप्त गरिसक्नु पर्नेछ ।