सञ्चालनमा आयो कान्तिलोकपथ सडक
बागमती । हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक आज दिउँसोदेखि यातायात सञ्चालन भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने वाग्मती खोलामा बनाइएको डाइभर्सन वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध थियो ।
सडक मर्मतसम्भार गरेपछि आज दिउँसो १ बजेदेखि सो सडकमा यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । सो सडकमा केही दिनदेखि स्तरोन्नतिको काम भइरहेको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया