भ्वाइस अफ नेपालका विजेता प्रोशेष पाण्डेलाई क्लोजअपको एक लाख पुरस्कार
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ६ को ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य मध्ये प्रोशेष पाण्डेले विजेताको उपाधि जितेका छन् ।
यस सिजनको शीर्ष प्रायोजक क्लोजअपले विजेता पाण्डेलाई एक लाखको नगद पुरस्कार प्रदान गरेको छ । सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिब गोविन्द शाहीद्वारा प्रदान गरिएको हाे ।
क्लोजअपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबल मार्फत् मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी, क्लोजअपको यो साझेदारी केवल ब्रान्ड प्रबद्र्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।
क्लोजअपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । “भ्वाइस अफ नेपाल जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,” क्लोजअपका प्रतिनिधिले भने ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया