NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न संघीय संसदको संयुक्त बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा आगामी आर्थिक वर्ष २०८२–८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल प्रारम्भ हुँदैछ ।

यसअघि यही वैशाख १९ गते शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसैमाथि आज प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त बैठकमा छलफल गरियोस् भन्ने प्रस्ताव राख्दैछन् ।

आगामी आर्थिक वर्षको सरकारको उक्त नीति तथा कार्यक्रममाथि सदस्यबाट प्राप्त संशोधन प्रस्तुत हुने र त्यसउपर छलफल गरिने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

कार्यसूचीअनुसार, त्यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ। राष्ट्रियसभामा भने सरकारको उक्त नीति तथा कार्यक्रममाथिको छलफल आइतबारबाटै प्रारम्भ भइसकेको छ ।

आजको बैठकमा पनि उक्त कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रियसभाको बैठक भने दिउँसो १ः१५ बजे बस्ने कार्यसूची छ ।

ताजा अपडेट

नेपालवाच विशेष