सैनिक विद्यालयले माग्यो ३० शिक्षक
काठमाडौं । सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित विद्यालयहरूले ३० शिक्षक माग गरेका छन् ।
करार र दैनिक ज्यालादारीमा नियुक्त गर्नेगरी कोषले देशभरका विभिन्न सैनिक विद्यालयका लागि शिक्षक माग गरेको हो ।
आवेदन माग गरिएका विषयमा नेपाल, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, लेखा, नृत्यलगायत छन् ।
कोषले सोमबार एक सूचना जारी गर्दै वैशाख २८ भित्र आवेदन दिन अनुरोध गरेको छ ।
त्यसैगरी, कोषले सैनिक पेट्रोल पम्पका लागि १÷१ लेखापाल र कम्प्युटर अपरेटर पनि माग गरेको छ ।



प्रतिक्रिया