NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ९ गते

विशेष अदालतको फैसलामाथि सर्वोच्च पुग्याे अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलामाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

आयोगले सोमबार विशेष अदालतले चंखेली गाउँपालिका हुम्लाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीलाई सफाइ दिएको फैसलामा सर्वोच्चमा पुुनरावेदन दायर  गरेको हो ।

०७८/०७९ मा चंखेली गाउँपालिका वडा नं. २ स्थित खानेपानीको ट्याङ्की निर्माण कार्यमा उपभोक्ता समिति र गाउँकार्यपालिका बिच सम्झौता हुनु अगावै सामाग्री खरिद गरी नक्कली विल बनाएर वास्तविक भएको कार्य भन्दा बढी कार्य भएको उल्लेख गरी नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरेर सोही आधारमा भुक्तानी भएको देखिएको भन्दै शाहीविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष