बाथरुममा लडेर प्रचण्ड घाइते
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।
गएराति आफ्नो निवासको बाथरुममा लडेर प्रचण्ड घाइते भएका हुन् ।
लडेर घाइते प्रचण्डलाई गएराति नै उपचारका लागि मेडिसिटी लगिएको थियो । उनको टाउकोमा चोट लागेको र त्यसमा टाका लगाइएको स्रोतले जनाएको छ ।
उनको अवस्था अहिले सामान्य छ । आराम गरिरहेका प्रचण्डलाई भेट्न नेताहरू अहिले उनको निवास पुगिरहेका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया