करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोकमा कार्यरत करार इन्जिनियर सुमन खनालविरुद्द्द मुद्दा दायर भएको छ ।
अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले खनालले इन्जिनियर पदमा करारमा नियुक्ति लिनको लागि पेश गरेको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली पाइएपछि विशेष अदालतमा मुुद्दा दर्ता गरेको हो ।
खनालको सिभिल इन्जिनियरिङ तह र नेपाल इन्जिनियरिङ काउन्सिलकाे शैक्षिक योग्यता नक्कली रहेको उजुरी परेपछि अनुसन्धान हुँदा B.E. Civil Engineering Academic Transcript, Character Certificate, Provisional Certificate, Eastern College of Engineering बाट जारी भएको Character Certificate, नेपाल इन्जिनियरिङ्ग परिषदको प्रमाण पत्र, इन्जिनिरिङ्गको लाइसेन्स समेत नक्कली देखिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया