टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न

काठमाडाैं । डीएभी टोस्टमास्टर्स क्लब र टोखा टोस्टमास्टर्स क्लबले संयुक्त रूपमा वैशाख २७ गते डीएभी कलेजमा आयोजना गरेको टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ ।
लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स र तारा फुड्सको सहकार्य तथा डीएभी स्पोर्ट्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया एन्ड प्रमोशन क्लबको समर्थनमा सम्पन्न उक्त प्रतियोगितामा ८ टोस्टमास्टर्स क्लबहरूको सहभागीता रहेको थियो ।
दिनभर चलेको प्रतिस्पर्धमा सहभागीले उत्कृष्ट फुटबल कौशल देखाउँदै टोस्टमास्टर्स समुदायको आत्मीयता र सहकार्यको भावना झल्काएका थिए ।
प्रतियोगितामा जावलाखेल ओरेटर्स टोस्टमास्टर्स क्लब विजेता हुन सफल भएको छ भने अग्नि टोस्टमास्टर्स क्लबको टिम अग्नि स्कर्पियन उपविजेता बन्न सफल भएको छ । कार्यक्रममा विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी टिम रूस्लानका पृथम श्रेष्ठ मोस्ट भ्यालुएबल पुरुष प्लेयर, ओजश्वी तिमिल्सिना मोस्ट भ्यालुएबल महिला प्लेयर, दत्ता पनेरू बेस्ट गोलकिपर, टिम काठमाडौं नाइट्सका नवदिप खत्रीलाई सर्वाधिक गोलकर्ता घोषित गरिएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिहरूलाई लुगाज क्लोथिङ र ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्सद्वारा विशेष ट्रफी तथा उपहारसहित सम्मानित गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा डीएभी कलेजका संयोजक माधव अधिकारी, डिभिजन बी डाइरेक्टर निराजन श्रेष्ठ, स्किल स्क्वायरका प्रबन्ध निर्देशक निराज प्रधानको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया