काठमाडौंको मखनमा आगलागी, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको मखनमा आगलागी भएको छ । आगलागीमा परी एक महिलाको ज्यान गएको छ ।
सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको घरमा बुधबार बिहान आगलागी भएको हो । आगो छिमेकको अर्को घरमा समेत फैलिएको छ ।
आगलागीमा एक महिलाको ज्यान गए पनि उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दमकल प्रयोग गरेर अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी, महानगर प्रहरीलगायत परिचालन गरिएको छ ।
आगलागीको कारण खुलेको छैन ।
दमकल पस्न नसक्ने काठमाडौंका साँघुरा गल्ली रहेका बस्तीहरूमा आगलागी हुँदा ठूलो धनजनको क्षति हुने सम्भावना छ । आगलागीको जोखिममा काठमाडौंका कतिपय वस्ती रहे पनि यसतर्फ ध्यान दिएको पाइँदैन ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया