काठमाडौंको मखनमा आगलागी, एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंको मखनमा आगलागी भएको छ । आगलागीमा परी एक महिलाको ज्यान गएको छ ।
सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको घरमा बुधबार बिहान आगलागी भएको हो । आगो छिमेकको अर्को घरमा समेत फैलिएको छ ।
आगलागीमा एक महिलाको ज्यान गए पनि उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दमकल प्रयोग गरेर अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी, महानगर प्रहरीलगायत परिचालन गरिएको छ ।
आगलागीको कारण खुलेको छैन ।
दमकल पस्न नसक्ने काठमाडौंका साँघुरा गल्ली रहेका बस्तीहरूमा आगलागी हुँदा ठूलो धनजनको क्षति हुने सम्भावना छ । आगलागीको जोखिममा काठमाडौंका कतिपय वस्ती रहे पनि यसतर्फ ध्यान दिएको पाइँदैन ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया