मन्त्रिपरिषद् बैठक : पौडेल सचिवमा बढुवा
काठमाडौं । सहसचिव शोभाकान्त पौडेलको सचिवमा बढुवा भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा पदोन्नति गर्ने निर्णय लिएको हो ।
विनोद सिंह गत बुधबार अवकाशमा गएपछि सचिवको एक पद रिक्त थियो । सोही रिक्त पदमा सरकारले पौडेललाई पदोन्नति गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
पौडेलको नाम यसअघि पनि सचिव बढुवाको सूचीमा परेको थियो । तर तीन जनाको नाम सिफारिस हुँदा पौडेल रोजाइमा पर्न सकेका थिएनन् ।
पौडेलसँग भन्सार विभागको महानिर्देशक, धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षलगायत जिम्मेवारी सम्हालेको अनुभव छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया