कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
उक्त प्रयोजनका लागि महामन्त्री शर्माले पर्यटन विभागबाट हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।
विभागका निर्देशक हिमाल गौतमका अनुसार वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा कांग्रेस महामन्त्री शर्माले पर्यटन विभागबाट आरोहण अनुमतिपत्र प्राप्त गरेका छन् ।
वसन्त ऋतुको जारी आरोहणमा हालसम्म ५० भन्दा बढीले सगरमाथा आरोहण गरेको आरोहण एक्सपिडिसन कम्पनीले जनाएका छन् । आज राति पनि धेरै आरोही चुचुरो पुग्ने योजनामा छन् ।
विभागको तथ्याङ्कअनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि हालसम्म ४५ आरोही समूहका ४५८ जनाले अनुमति लिएका छन् । सगरमाथासहित २७ हिमालका लागि १२४ समूहका कूल एक हजार एकसय ४० ले अनुमति पाएका हुन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया