कारले लियो मर्निङवाक गरिरहेका दुई जनाको ज्यान
काठमाडौं । कारको ठक्करबाट कपिलवस्तुमा दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा बुद्धभूमि नगरपालिका–१, वसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी छन् ।
मर्निङवाक गरिरहेका बेला अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बिएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान उनीहरूलाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेले जनाएको छ ।
प्रहरीले कारका चालक ३२ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया