NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३० गते

कारले लियो मर्निङवाक गरिरहेका दुई जनाको ज्यान

काठमाडौं । कारको ठक्करबाट कपिलवस्तुमा दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा बुद्धभूमि नगरपालिका–१, वसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी छन् ।

मर्निङवाक गरिरहेका बेला अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बिएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान उनीहरूलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेले जनाएको छ ।

प्रहरीले कारका चालक ३२ वर्षीय खिमराज श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष