कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
काठमाडौं । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि आईटी तालिम संस्था ब्रोडवे इन्फोसिसले सबै आईटी कोर्समा १८ प्रतिशत छुट दिने भएको छ ।
आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । नतिजा आउन करिब ३ महिना लाग्ने हुँदा परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समयमा नयाँ सीप सिक्ने र उच्च शिक्षाका लागि के पढ्ने भनेर एक्सप्लोर गर्ने समयकाे मध्यनजर गर्दै ब्रोडवेले याे याेजना ल्याएकाे हाे ।
ब्रोडवेका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले नयाँ सीप सिक्न चाहने र आईटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै छुट अफर ल्याएको जानकारी दिए ।
ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ, साइबर सुरक्षा, एआई, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङ लगायतका आईटी ट्रेनिङहरू दिदै आएको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया