NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंकले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।

जसमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी हुने  उल्लेख गरेको छ । बैंकका अनुसार यसको लागि ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र जानुुपर्नेछ । त्यसमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू पाउन सकिने बैंकले जनाएको छ ।

ग्राहक लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरणपछि खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

यसरी बैंकको अनलाईन पोर्टलबाट नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरुको विवरणको जानकारी ग्राकले लिएर लाभ लिन सकिने विश्वास बैंकले लिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष