वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहेका भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
मन्त्री शाही र सगरमाथा संवादमा सहभागी हुन बिहीबार नेपाल आइपुगेका मन्त्री यादवबीच आज सम्मेलनस्थलमा भेट भएको वन सचिव डा राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए ।
भेटमा मन्त्री शाहीले नेपाल भारतसँगको वातावरण तथा वन क्षेत्रको सहकार्यलाई साझा उत्तरदायित्व क्षेत्रीय एकता, पारस्परिक सम्मानको भावनामा आधारित रही अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनीहरुबीच संरक्षणका साथै जलवायु परिवर्तन, विपद्, वायु प्रदूषणका समस्या समाधानमा साझेदारी गर्ने सम्बन्धमा छलफल भएको वन सचिव डा मिश्रले जानकारी दिए । साथै उनीहरुबीच वन्यजन्तु संरक्षण, प्रदूषण नियन्त्रण र जलवायु परिवर्तनजस्ता चुनौतीहरु सीमित भूगोलमा सीमित नरही क्षेत्रीय सहकार्यक आवश्यक रहेकाले प्रभावकारी क्षेत्रीय सहकार्य गर्नुपर्ने सम्बन्धमा छलफल भएको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया