बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप
धरान । यहाँको बराहक्षेत्र नगरपालिका–१, खारखोलामा अफ्रिकन स्वाइन फिभर फैलिँदा ३१ बङ्गुर मरेका छन् भने ६० भन्दाबढी सङ्क्रमित भएका छन् ।
नगरपालिकाको पशु शाखा प्रमुख विमल अधिकारीका अनुसार, सङ्क्रमण बराहक्षेत्र नगरपालिका–१ का कुमार विकको फार्मबाट सुरु भई अन्य किसान कृष्ण भुजेल र सुभा श्रेष्ठको बङ्गुर फार्मसमेतमा फैलिएको हो ।
सङ्क्रमण नियन्त्रण गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको टोली खटिएका छन् । उनका अनुसार, औषधि, मल्टी भिटामिन र एन्टिबायोटिक वितरणका साथै जैविक सुरक्षा अपनाउनसमेत सुझाव दिइएको छ ।
स्वाइन फिभर पहिलोपटक वराहक्षेत्रमा देखिएको उनको भनाइ छ । अहिले सङ्क्रमित क्षेत्र शिलबन्दी गरिएको छ भने बङ्गुरको ओसारपसारसमेतमा रोक लगाइएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया