बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप
धरान । यहाँको बराहक्षेत्र नगरपालिका–१, खारखोलामा अफ्रिकन स्वाइन फिभर फैलिँदा ३१ बङ्गुर मरेका छन् भने ६० भन्दाबढी सङ्क्रमित भएका छन् ।
नगरपालिकाको पशु शाखा प्रमुख विमल अधिकारीका अनुसार, सङ्क्रमण बराहक्षेत्र नगरपालिका–१ का कुमार विकको फार्मबाट सुरु भई अन्य किसान कृष्ण भुजेल र सुभा श्रेष्ठको बङ्गुर फार्मसमेतमा फैलिएको हो ।
सङ्क्रमण नियन्त्रण गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको टोली खटिएका छन् । उनका अनुसार, औषधि, मल्टी भिटामिन र एन्टिबायोटिक वितरणका साथै जैविक सुरक्षा अपनाउनसमेत सुझाव दिइएको छ ।
स्वाइन फिभर पहिलोपटक वराहक्षेत्रमा देखिएको उनको भनाइ छ । अहिले सङ्क्रमित क्षेत्र शिलबन्दी गरिएको छ भने बङ्गुरको ओसारपसारसमेतमा रोक लगाइएको छ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया