‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न ढिलाइ गर्न नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आज उनले हुम्लाका नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताए ।
“जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्नसक्ने असरका बारेमा सगरमाथा संवाद चलिरहेका बेलामा हुम्लाको नाम्खावासी पहिरोका कारणले घरवारविहीन बन्न पुगेका छन्”, उनले भने, “अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त बस्तीको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ ।”
महासचिव पोखरेलले स्थानान्तरणका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित बस्ती विकासको योजना अघि बढाउनुपर्नेमा जोड दिए ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया