राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी र सहायक निर्देशकसमेत ५ जना र कम्पनीमाथि पनि गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोप लागेको छ ।
अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगले सोमबार कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युुटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुुर वली र म्याक्स इन्टरनेसनल प्रा.लिका सिइओ अकवर हुसेनसमेत कम्पनीलाई पनि भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुुद्दा दर्ता गरेको हो ।
केन्द्रबाट आ.व.०७५/७६ मा IFB No. NITC/G/NCB-6-075/076, Supply, Delivery and Installation and Commissioning of RISC and HCI Servers खरिद सन्देहपूर्ण रहेको र खरिद गरिएका मुख्य उपकरणहरुको प्राविधिक विवरणहरु अनलाईनमा प्राप्त विवरणसँग मिल्न गएकोमा यसरी खरिद गरिएका मुख्य उपकरणहरुको मूल्य अनलाईन श्रोतमा प्राप्त हालको मूल्यसूची भन्दा बढी भएको पाइएको उजुरीमा अनुसन्धान गर्दा केन्द्रले मिलेमतोमा स्वार्थ बाझिने गरी Training, Installation and Configuration कार्यको लागत अनुमान तयार गरेको र सम्झौता बमोजिमको Warranty Onsite Support को कार्य नै नभएको अवस्थामासमेत कार्य भएको भनेर रकम भुक्तानी दिएकाे पाइएकाे अख्तियारकाे आरोपपत्रमा उल्लेख छ ।
प्रतिक्रिया