पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
काठमाडौं । पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइने भएको छ ।
उक्त प्रतिवेदन अख्तियार पठाउने निर्णय आजको सार्वजनिक लेखा समितिको बैठकले गरेको हो ।
पतञ्जली जग्गा प्रकरणसँग जोडिएर सार्वजनिक लेखा समितिमा उजुरी आएको र मन्त्रालय तथा विभिन्न ठाउँमा सोधपुछ गरी प्रतिवेदन बनाएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । प्रतिवेदनलाई थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन अख्तियार पठाउने निर्णय भएको सभापति पोखरेल जानकारी दिए ।
समितिले उजुरीको छानबिनका लागि विभिन्न नौ वटा उपसमिति गठन गरेको थियो । ती उपसमितिका समितिका संयोजकहरुलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन भनेको थियाे । समितिमा ४८ उजुरी परेको थियो ।


प्रतिक्रिया