सहकारीमा सञ्चालक नै रहेका जो धरौटीमा छुटे
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष हुन् । उनीविरुद्ध एक करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको थियो । बिहीबार मात्रै उनलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ ।
जिबी राईकै स्वर्णलक्ष्मी सहकारीको दुई कार्यकाल सञ्चालक रहेकी कांग्रेस सांसद माया राई दुई साताअघि मात्र १० लाख रुपैयाँ धरौटीमा छुटेकी थिइन् ।
उनी सहकारीको सहसचिव थिइन् । मोरङको उमागौरी सहकारीकी तत्कालीन सञ्चालक अञ्जला पोखरेल एक दिन पनि थुनामा बस्नु परेन ।
एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी उनी अदालतमा उपस्थित भएकै दिन १० लाख धरौटीमा रिहा भइन् ।
पोखराको सूर्यदर्शन सहकारीकी तत्कालीन सञ्चालक पूर्वप्रदेश सांसद मीना गुरुङ पाँच लाख धरौटीमै छुटिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया