भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र, जापानलाई उछिन्यो
काठमाडौँ । छिमेकी मुलक भारत आधिकारिक रूपमा जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार भारतको अर्थतन्त्र ४ ट्रिलियन डलरभन्दा बढी भएको हो । भारतले जापानलाई उछिन्दै विश्वमा चौथो ठुलो अर्थतन्त्र बनेको छ ।
आइएमएफको अप्रिल २०२५ को प्रतिवेदन अनुसार भारतको अर्थतन्त्रको आकार ४.१८७ ट्रीलियन डलर पुगेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको अमेरिकाको अर्थतन्त्र ३०.५१ ट्रीलियन डलर रहेको छ भने दोस्रो स्थानमा रहेको चीनको अर्थतन्त्र १९.२३ ट्रीलियन डलर रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको जर्मनीको ४.७४ ट्रीलियन डलर छ भने पाँचौं स्थानमा रहेको जापानको अर्थतन्त्रको आकार ४.१८६ ट्रीलियन डलर रहेको छ ।
पछिल्लो १० बर्षमा भारतको अर्थतन्त्र सबैभन्दा बढी १०५ प्रतिशतले बढेको देखिएको छ । त्यस्तै चीनको ७६ प्रतिशतले, अमेरिकाको ६६ प्रतिशतले, जर्मनीको ५५ प्रतिशतले बढेको देखिएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया