NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

सतर्कता केन्द्रको सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियारमा पेस

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/०८१ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेस गरेको छ ।

केन्द्रले सोमबार आयोगमा आयोजित एक कार्यक्रममा सो प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन केन्द्रका सचिव सरजु कुमार वैद्यले पेस गरेका थिए ।

सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० (१) बमोजिम सार्वजनिक पद धारण गरेको मितिले ६० दिन भित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र कानून बमोजिम आफ्नो सम्पतिको स्रोत वा निस्सा सहितको अध्यावधिक बिवरण पेश गर्नुपर्ने व्यवस्था छ ।