वीरगञ्ज सुक्खा बन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व संकलन
पर्सा । सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु. ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार राजस्व संकलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु. एक अर्ब १४ करोड २८ लाख बढी राजस्व संकलन गरेको जानकारी दिए। “गत आवको १० महिनामा रु. ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व संकलन भएको थियो”, उनले भने, “गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ ।”
कार्यालयले साउनमा रु. तीन अर्ब ७५ करोड, भदौमा रु. चार अर्ब ६४ करोड, असोजमा रु. चार अर्ब ३६ करोड, कात्तिकमा रु. तीन अर्ब ७९ करोड, मङ्सिरमा रु. तीन अर्ब २२ करोड, पुसमा रु. तीन अर्ब ५६ करोड, माघमा रु. चार अर्ब २९ करोड, फागुनमा रु. चार अर्ब ६८ करोड, चैतमा रु. चार अर्ब ५० करोड र वैशाखमा रु. चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु. ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया