बङ्गलादेशमा मृत्युदण्ड पाएका नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित
एजैन्सी । बङ्गलादेशको सर्वोच्च अदालतले मङ्गलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता ए.टी.एम. अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्दै रिहा गर्ने निर्णय सुनाएको छ । उनी सन् २०१२ देखि हिरासतमा थिए ।
इस्लामसहित पाँच वरिष्ठ नेताहरूलाई विगतमा दोषी ठहर गरिएको थियो, तीमध्ये चार जमात–ए–इस्लामीका र एक प्रमुख बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी) का थिए ।
उनका वकिल शिशिर मोनिरले यस निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै भने,“उहाँलाई न्याय प्राप्त भएको र बाँकी अन्य अभियुक्तहरूको मुद्दामा पनि पुनरावलोकन आवश्यक छ ।”
इस्लामलाई सन् २०१४ मा १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा लगाइएका आरोपहरूमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो ।
जमात–ए–इस्लामीले सो युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो, जसले बंगलादेशी इतिहासमा गहिरो प्रभाव पारेको छ । वर्तमान अन्तरिम सरकारले आगामी चुनाव जुन सन् २०२६ भित्र सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ भने राजनीतिक दलहरू समेत चुनावको तयारीमा जुटेका छन् ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया