बङ्गलादेशमा मृत्युदण्ड पाएका नेता सर्वोच्च अदालतबाट निर्दोष घोषित
एजैन्सी । बङ्गलादेशको सर्वोच्च अदालतले मङ्गलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता ए.टी.एम. अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा दिइएको मृत्युदण्ड सजाय रद्द गर्दै रिहा गर्ने निर्णय सुनाएको छ । उनी सन् २०१२ देखि हिरासतमा थिए ।
इस्लामसहित पाँच वरिष्ठ नेताहरूलाई विगतमा दोषी ठहर गरिएको थियो, तीमध्ये चार जमात–ए–इस्लामीका र एक प्रमुख बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी) का थिए ।
उनका वकिल शिशिर मोनिरले यस निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै भने,“उहाँलाई न्याय प्राप्त भएको र बाँकी अन्य अभियुक्तहरूको मुद्दामा पनि पुनरावलोकन आवश्यक छ ।”
इस्लामलाई सन् २०१४ मा १९७१ को बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा लगाइएका आरोपहरूमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको थियो ।
जमात–ए–इस्लामीले सो युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो, जसले बंगलादेशी इतिहासमा गहिरो प्रभाव पारेको छ । वर्तमान अन्तरिम सरकारले आगामी चुनाव जुन सन् २०२६ भित्र सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ भने राजनीतिक दलहरू समेत चुनावको तयारीमा जुटेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया