स्थानीय तहको सङ्ख्या घटाउन माग
काठमाडौँ । सांसद रुक्मिणी कोइरालाले राज्यको खर्च कटौती गर्दै मितव्ययी बन्नका लागि हाल कायम रहेको स्थानीयको सङ्ख्या घटाउन माग गरेकी छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनले मौजुदा ७५३ बाट घटाएर ५५३ वटा स्थानीय तह कायम गर्न सुझाव दिइन् । बैठकमा कोइरालाले संविधानमा व्यवस्था भएका मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइन् । उनले समतामूलक समाज निर्माणका मौलिक हकको प्रत्याभूत गर्नुपर्ने बताए ।
“संविधानको १६ देखि ४७ धारासम्म मौलिक हकको व्यवस्था गरेको छ । तर ती मौलिक हकको कार्यान्वयनको अवस्था कस्तो रहेको छ ? भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको छ”, कोइरालाले भनिन्, “ती मौलिक हकको कार्यान्वयनका लागि बनेका विभिन्न ऐनहरू छन् । तर ती ऐनहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । मौलिक हक कार्यान्वयनका लागि बनेका यी ऐन र नियमवालीको विषयमा अध्यायन गर्न आवश्यक छ ।”
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया