NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

नेप्से परिसूचक १७.४४ बढ्यो

काठमाडौँ । नेप्से परिसूचक आज १७.४४ अंकले बढेको छ ।

आज नेप्से २६९३.०६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका दुई करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३३४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने पियोर इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरि ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्य ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै आज बाराही हाइड्रोको शेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार एनगिड़ी ग्रुप पावरको शेयर एक अर्ब ५ करोड ७३ लाख ६० हजारको कारोबार भएको छ ।