अर्थमन्त्रीले आगामी बजेट भोलि दिउँसो ३ बजे पेश गर्ने कार्यसूची तय
काठमाडौँ – सङ्घीय संसद्ले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट भोलि (बिहीबार) दिउँसो तीन बजे पेश गर्ने कार्यसूची सार्वजनिक गरेको छ ।
सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले संसद्को संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिक अनुमान पेश गर्ने दैनिक कार्यसूची निर्धारण गरेका हुन् ।
कार्यसूचीमा लेखिएको छ, ‘माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने ।’
अर्थमन्त्री पौडेलले राष्ट्रिय स्रोत अनुमान समितिबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कम्तिमा १९ खर्ब ६५ करोड रुपैयाँको बजेट सिलिङ पाएका छन् ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया