शेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कार्यान्वयन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौ -नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर धितो कर्जामा घटाइएको १०० प्रतिशत जोखिम भार कार्यान्वयन गर्न निर्देशन दिएको छ।
केन्द्रीय आज बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै शेयर धितो कर्जामा उक्त व्यवस्था कायम गर्न निर्देशन दिएको थियो।
यसअघि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत र ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा १२५ प्रतिशत रहेको थियो। अब सबै रेन्जको शेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार लागू गर्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको हो।
केही दिनअघि सार्वजनिक भएको चालु आर्थिक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा शेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गरिएको थियो। सोही व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले परिपत्र जारी गरेको हो।
यसैगरी बैंकहरूले अब अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम राख्नैपर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने भएको छ। यो व्यवस्था पनि केन्द्रीय बैंकले मौद्रिक समीक्षामार्फत ल्याएको थियो।
यसअघि अनिवार्य नगद मौज्दात न्यूनतम ७० प्रतिशत राख्नैपर्ने व्यवस्था थियो।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया