NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १७ गते

चालु वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ पुग्ने अनुमान सरकारले गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्मा‍ आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतले हुने अनुमान गरिएको बताएका हुन् ।

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने पनि उनले जानकारी दिए । जसमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत योगदान रहने पौडेलले उल्लेख गरे ।

चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेकोसमेत पौडेलले प्रतिनिधिसभाको बैठकमा जानकारी दिएका छन् ।