३५ अंकले घट्यो नेप्से

काठमाडौं- मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ ।
बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो ।
३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन् ।
प्रतिक्रिया