गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित

पोखरा — गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनअनुसार मंगलबार साँझ मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले नियमावली कार्यान्वयन रोक्ने निर्णय गरेको हो।
यस अवधिमा सरकार र सरोकारवाला पक्षबीच वार्ता गर्ने भनिएको छ।
सोमबार राति यातायात व्यवसायीसँग काठमाडौंमा भएको वार्तापछि गण्डकी प्रदेशलाई पत्राचार भएबमोजिम मंगलबार गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा उपलब्ध मन्त्रीहरूबीच छलफल भएको थियो। त्यसपछि नियमावली रोक्ने निर्णय भएको हो।
प्रतिक्रिया