NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २२ गते

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी

काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीलाई दिइएको छ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई गत चैत २१ गते कार्यालय प्रवेशमा अवरोध गरेको आरोपमा छानबिनका लागि जाँचबुझ समिति गठन गरेका थिए। पाण्डेले उक्त घटनामा नेतृत्व गरेको ठहर गर्दै उनलाई कम्तीमा ६ महिनाका लागि निलम्बन गरिएको हो।

जोशीलाई अर्को व्यवस्था नभएसम्म महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी दिइएको छ। यस निर्णयको बोधार्थ मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई समेत जानकारी गराइएको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति समेत गठन गरेका छन्।

 

ताजा अपडेट

नेपालवाच विशेष