नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ११ दशमलव ९७ अंकले घटेर २,६४६ दशमलव ९५ विन्दुमा कायम भएको हो।
आज ३१३ कम्पनीका १ करोड ३७ लाख ८२ हजार ४ सय ६८ कित्ता शेयर ५९ हजार १ सय ३० पटक खरिद बिक्री हुँदा कुल रु ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५ सय २२ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक मात्र बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ५ दशमलव ८१ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको रु ३६ करोड २५ लाख ५९ हजार बराबरको १३ लाख ४५ हजार ४ सय २६ कित्ता शेयर किनबेच भएको छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया