४६ कर्मचारीको उपसचिव र शाखा अधिकृतमा बढुवा सिफारिस

काठमाडौं । ४६ कर्मचारीको शाखा अधिकृत र उपसचिवमा बढुवा सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा समितिको सचिवालयले परराष्ट्र सेवाका १४ शाखा अधिकृतलाई उपसचिव र नेपाल प्रशासन सेवाका ३२ नायब सुब्बालाई शाखा अधिकृतमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा समितिको जेठ २५ गतेको बैठकको निर्णयअनुसार कार्यक्षमताको तथा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा ४६ कर्मचारीको नाम बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।
परराष्ट्र सेवाको शाखा अधिकृतबाट उपसचिवमा बढुवा सिफारिस हुनेहरूमा दीपक बञ्जाडे, प्रतिज्ञा राई, महेश्वरमणि त्रिपाठी, प्रतीक कार्की, यशु बस्नेत लगायत छन् । त्यस्तै, सामान्य प्रशासन सेवातर्फ हरिबोल ढुंगाना, त्रिविक्रम शर्मा, खेमनाथ आचार्यदेखि रामबहादुर बोगतीसम्मलाई नायब सुब्बाबाट शाखा अधिकृतमा पदोन्नति गर्न सिफारिस गरिएको छ ।
प्रतिक्रिया