१२ देशका नागरिकलाई अमेरिका जान रोक
काठमाडौं । अमेरिकाले १२ देशका नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध आजदेखि लागू हुँदैछ । त्यस्तै, थप सात देशका नागरिकलाई पनि अमेरिका प्रवेशमा आंशिक रोक लगाइँदैछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकको जिउधनको रक्षा गर्न भन्दै गत जून ४ मा विभिन्न देशलाई यात्रामा पूर्ण तथा आंशिक प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए । सोही आदेश जुलाई ९ बाट कार्यान्वयनमा जान लागेको हो ।
योसँगै अब अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकले अब अमेरिकाको यात्रा गर्न नपाउने भएका छन् । त्यस्तै, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकलाई पनि यात्रामा आंशिक प्रतिबन्ध लगाइएको छ ।
आफ्ना देशका नागरिकको जिउधनको रक्षाका लागि भन्दै अमेरिकाले विभिन्न देशका नागरिकलाई आफ्नो देशमा आउनबाट रोक्न पूर्ण तथा आंशिक प्रतिबन्ध लगाउने गरेको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि विभिन्न देशका नागरिकको यात्रामा प्रतिबन्ध लगाएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया