हिमालयन रिइन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले आइतबार काठमाडौँ, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारण सभा सम्पन्न गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी, सभाले हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्व ४० चालीस करोडको ४.५० प्रतिशतका दरले हुन आउने छयालीस करोड असी लाख बराबरको बोनस शेयर तथा सो बोनस शेयरको कर प्रयोजनको लागि रु. २,४६,३१,५७८/९५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
निजी क्षेत्रद्घारा प्रवद्र्धित हिमालयन रिइन्स्योरेन्स अन्तराष्ट्रिय रेटिङ्ग एजेन्सीबाट रेटिङ्ग भएको नेपालको एक मात्र कम्पनी हो । कम्पनीले विश्वविख्यात रेटिङ्ग एजेन्सी ए एम बेस्ट बाट बी प्लस रेटिङ्ग पाएको छ । कम्पनीले अन्तराष्ट्रिय बीमा बजारमा एक उदाउँदो पुनर्बीमा कम्पनीको पहिचान बनाउने क्रममा ५२ वटा भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय भित्र्याउन सफल भएको छ भने विश्वविख्यात पुनर्बीमा कम्पनी General Insurance Corporation of India (GIC Re) तथा Hanoi Re जस्ता ठूला पुनर्बीमा कम्पनीहरुको च्भRetrocession Program मा समेत हिस्सा हासिल गर्न सफल भएको छ ।
कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा नेपालको इतिहासको सबैभन्दा ठूलो प्रारम्भिक शेयर निष्काशन सम्पन्न गरेको थियो । सो शेयर निष्काशन सम्पन्न गरे लगत्तै बसेको कम्पनीको तेश्रो वार्षिक सभाले तत्कालीन चुक्ता पूँजी रु. १० अर्वको ४ प्रतिशतका दरले हुन आउने रु. ४० करोड बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो । यति ठूलो चुक्ता पूँजी हुनुको बाबजुत कम्पनीले हरेक वर्ष ४ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न सक्नुलाई अभूतपूर्व सफलताका रुपमा लिन सकिन्छ ।
त्यसैगरी सभाले प्रवन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीको संचालक समितिको अध्यक्षमा शेखर गोल्छा छन् भने संचालकहरुमा अमित मोर, श्री शाहिल अग्रवाल, श्री रोहित गुप्ता, श्री राजीव मोर, श्री सुभेच्छा खरेल, स्वतन्त्र संचालकमा सुभाष कुमार झुनझुनवाला तथा प्रमुख कार्यकारी अधिकृतमा श्री उपासना पौडेल रहेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया