जापानको आर्थिक नाफा १५ अर्ब ६० करोड डलर पुग्यो
जापान । जापानको चालु खाता नाफा चालु वर्षको अप्रिल महिनामा वार्षिक रूपमा ३.२ प्रतिशतले वृद्धि भई २.२६ ट्रिलियन येन (अन्दाजी १५.६ अर्ब अमेरिकी डलर) पुगेको छ। यो वृद्धि मुख्य रूपमा व्यापार घाटामा आएको उल्लेखनीय गिरावटका कारण भएको हो, जापानको वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
उक्त अवधिमा जापानको व्यापार घाटा ३२.८ अर्ब येनमा सिमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९४.८ प्रतिशतले घटेको हो। यो गिरावट निर्यात ४.० प्रतिशतले बढेर ८.७७ ट्रिलियन येन पुगेको र आयात २.९ प्रतिशतले घटेर ८.८० ट्रिलियन येनमा झरेको परिणामस्वरूप भएको बताइएको छ।
प्राथमिक आम्दानी, अर्थात् जापानले विदेशमा गरेको लगानीबाट प्राप्त हुने आम्दानी, अप्रिल महिनामा ९.६ प्रतिशतले घट्दै ३.५९ ट्रिलियन येनमा झरेको छ। यस गिरावटको मुख्य कारण प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त आम्दानीमा आएको कमी हो, जुन जापानी मुद्रा येनको मूल्य वृद्धि भएका कारण देखिएको हो।
त्यस्तै, सेवा व्यापारतर्फ घाटा ४.८ प्रतिशतले वृद्धि भई ७६८.१ अर्ब येनमा पुगेको छ। बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी भुक्तानीमा भएको वृद्धिले यसमा योगदान गरेको छ।
साथै, पर्यटन क्षेत्रबाट प्राप्त नाफा भने १८.३ प्रतिशतले बढेर ६७५.७ अर्ब येनमा पुगेको छ। अप्रिल महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकहरूको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५ प्रतिशतले वृद्धि भई करिब ३.९१ मिलियन पुगेको जनाएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया