NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २९ गते

बैशाखमा मुद्रास्फिति दर घट्यो

काठमाडौं । वैशाख महिनामा मुद्रास्फिति दर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको तथ्यांकले वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको देखाएको छ ।

अघिल्लो वर्षको वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यी समूहको मुद्रास्फीति ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष