NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३० गते

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडाैं – गत मंगलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ६सयले वृद्धि भएको छ भने चाँदीमा रु १५ ले गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९२ हजार नाै सय कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार एक सय ५० मा कारोबार भइरहेको छ ।

गत मंगलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार एक सय ६५ मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार तीन सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष