सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेको आज १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ । दश रुपैयाँले बढेर तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य २ हजार १५० रुपैयाँमा कायम भएको थियो ।
प्रतिक्रिया