बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा किनबेच भएको थियो। यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ४० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया