नेप्सेमा आजपनि गिरावट, ७ अर्ब ७८ करोडको कारोबार
काठमाडौँ- यस साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ४.४५ अंकले घटेर २६९५.७४ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ९६ लाख ५० हजार २१० कित्ता शेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.१८ प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्य ९ प्रतिशतले बढेको छ ।
त्यस्तै आज रिलायबल समृद्धि योजनाको शेयर मुल्य सबैभन्दा बढी ९.३० प्रतिशतले घटेको छ भने ओम मेघाश्री फार्माको शेयर मुल्य ६.०६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ६२ करोड ५२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया