टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा

काठमाडौँ- टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा रिहा भएकी छन् । न्यायाधीश विष्णुप्रसाद उपाध्यायको एकल इजलासले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधवार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दामा आदेश आएको हो ।
प्रतिक्रिया