NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

नेप्से परिसूचक २.४० अंकले बढ्यो ,कारोबार कति ?

काठमाडौँ । नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा कायम भएको छ। यसदिन ३१८ स्क्रिप्सको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँमा खरिदबिक्री भएको छ ।

नेप्से सामान्य अंकले बढेपनि एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । कारोबारमा आएकामध्ये ८७ स्टक्सको मूल्य बढ्दा १६२ वटाको घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४९ करोड ४० लाख मूल्य बराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको ३७ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३४ करोड,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २८ करोड मूल्य बराबरको कारोबार भएको छ ।

सात वटा समूहको उपसूचक बढ्दा अन्यको घटेको छ । यसदिन अर्दश समूहको उपसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ।