२२ अंकले बढ्यो नेप्से
काठमाडौं– सोमबार दोहोरो र मंगलबार झिनो अंकले शेयर बजार घटेपछि बुधबार बढेको छ । दुई दिनको करेक्सनपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.०४ अंकले बढेको छ । बजार बन्द हुँदा नेप्से ०.८२ प्रतिशतले बढेर २७०५.९० विन्दुमा पुगेको छ ।
दिनभरमा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर कारोबार भएको छ ।
बुधबार १९९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।
दिनभरमा ३१६ वटा कम्पनी कारोबारमा आउँदा ६२ हजार ८८४ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये फाइनान्स ०.३८ प्रतिशतले र म्युचुअल फण्ड ०.०१ प्रतिशतले बाहेक अन्य ११ वटा समूह भने बढेको छ ।
सबैभन्दा बढी बैंकिङ समूह १.६८ प्रतिशतले बढेको छ भने सबैभन्दा कम निर्जीवन बीमा र जीवन बीमा ०.२४ प्रतिशतले बढेको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया