नेप्से ३४.६१ अंकले बढ्यो, १४ अर्ब ३४ करोडको कारोबार
काठमाडौँ- नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४.६१ अंकले बढेर २७९४.७८ विन्दुमा रोकिएको छ ।
आजको कारोबारमा विभिन्न ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता शेयर १४ अर्ब ३४ करोड ८३ लाख ९ हजार ८८० मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज केबिएल डिभेन्चर र थ्री स्टार हाइड्रोको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रीन डेभलपमेन्ट बैंकको सेयर ८.४१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज माइ खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ७.८७ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार बुटवल पावर कम्पनी लिमिटेडको ६१ करोड ८७ लाख र राढ़ी विद्युत कम्पनीको ५६ लारोद ६९ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया