नेप्से परिसूचक २८ सय विन्दुमाथि, १६ अर्बको कारोबार
काठमाडौं- साताको अन्तिम सेयर कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा उक्लिएको छ। नेप्से परिसूचक भारी अंकले वृद्धि हुँदा १६ अर्ब बढीको सेयर कारोबार भएको छ।
यसदिन ३११ वटा स्क्रिप्सको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर १६ अर्ब ५९ करोड २१ लाख ५ हजार ४५५ रुपैयाँमा खरिदबिक्री भए। तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ट्रेड टावर,सुभम् पावर,थ्री स्टार हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। इस्टर्न हाइड्रोपावरको ९.९० प्रतिशतले बढ्दा बराही हाइड्रोपावरको ९ प्रतिशतले बढ्यो।
यसदिन नेपाल रिइन्स्योरेन्स ८४ करोड बढीको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। बुटवल पावरको ६० करोडको सेयर कारोबार हुँदा राधी विद्युतको ५६ करोड,सानिमा माइ हाइड्रोपावरको ४२ करोड र नगदी ग्रुपको ४१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये २३९ स्टक्सको मूल्य बढ्दा ९ वटाको घट्यो। यसदिन सबैभन्दा बढी अदर्श समूहको परिसूचक सर्वाधिक ५.०९ प्रतिशतले बढ्यो।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया